राष्ट्रियसभा उम्मेदवारले चुनावमा साढे तीन लाख रुपैयाँ भन्दा बढी खर्च गर्न नपाउँने

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा ७० हजार र सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दानासमेत० १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठीरअन्तक्र्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो। निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। राष्ट्रियसभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *