USAID

आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नआएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको ।’

CivActsAd

Leave a Reply

Your email address will not be published.