२ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै

काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए । उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए ।

२०७७ सालको पुस महिनाबाट अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको वैदेशिक रोजगार विभागले हालसम्म भौतिक रूपमा उपस्थित र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने काम गर्दै आएको छ । त्यसअघि श्रम स्वीकृति लिन श्रम ग्राम कार्यालय धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै वैदेशिक रोजगार विभागले एक वर्षअघिदेखि अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने गरिरहेको थियो ।

विभागको यस्तो नयाँ व्यवस्थासँगै अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । अनलाइन सेवा लिन सेवाग्राहीले सजिलै पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेभसाइडको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

आवश्यक सबै प्रक्रिया पु¥याएर यसरी फाराम अपलोड गरेपछि आवेदकले आफ्नो युजरनेम र पासवर्ड सुरक्षित राख्न र म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने शुल्क रकम पनि सहज रूपमा अनलाइन भुक्तानी प्रदायकमार्फत नै बुझाउन पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।

यसैगरी, मन्त्रालयले अनलाइन कागजात जाँच तथा प्रमाणीकरण गर्न समय लाग्ने भएकाले आपूmलाई आवश्यक पर्ने दिनभन्दा कम्तीमा एकसाताअघि फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको व्यवस्था मिलाउन आह्वान गरेको छ । जसका लागि उडान हुने मितिसम्म यसरी प्रदान गरिएको श्रम स्वीकृतिको म्यान ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सोहीबमोजिम गर्न पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको आजको राजधानी दैनिकम खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *