३ प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ ।

कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला रु अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ । कुनै पनि उद्योग व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेको छैनन् ।

यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनु पर्ने अवस्था आउने छ । आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *