सुदूरपश्चिममा बलायरको जित निश्चित, गन्न बाँकी मत जोड्दासमेत मिश्र पछाडि

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ। गन्न बाँकी मत जोड्दासमेत पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो।

सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ। ८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। अब १९७ मत मात्रै गणना गर्न बाँकी छ।

बलायरको ५५३ मत र इतर पक्षका मिश्रको २२९ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह(महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *