भारतले नेपालका लागि नयाँ राजदूतमा दलेलालाई पठाउने

काठमाडौँ । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ । भारतले नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि उक्त ठाउँमा दलेलालाई प्रस्ताव गरेको हो ।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरे । उनले ब्राजिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् । उनी भुटानमा भारतीय राजदूतका रूपमा पनि थिए ।

हाल उनी विदेश मन्त्रालयमा सचिवको रूपमा कार्यरत छन् । उनी वासिङ्टन डी.सी.स्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *