बाजुरा प्रदेशसभा २ मा कांग्रेसका शाही निर्वाचित

बाजुरा । बाजुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी २० हजार ११९ मत ल्याएर निर्वाचित भएका हुन् ।

शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए । ०७४ मा प्रतिनिधिसभामा निर्वाचित थापा यसपटक प्रदेशसभा सदस्यमै पराजित भएका छन् । बाजुराको प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।

०७४ मा तीन सिट जितेको एमाले यसपटक बाजुरामा निल भएको छ । प्रतिनिधिसभामा पनि कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *