गठबन्धनका कार्यकर्ताबीच कुटाकुट, दुईको अवस्था गम्भीर

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन्। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ।

दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। झगडाको कारण भने खुलेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *