मुगुमा भएको बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

काठमाडाैँ । मुगुमा आज दिउँसाे भएको बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दिउँसो १ बजे दुर्घटना हुँदा कम्तिमा १४ जना घाइते भएका छन् ।

घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । भीरका कारण घाइतेको उद्धारमा कठिनाई भएपछि हेलिकप्टर मगाइएको उनले बताए ।

बसमा ७० यात्रु सवार रहेकाे अनुमान गरिएकाे छ । प्रहरीका अनुसार स्थानीय तथा सुरक्षा निकायको सहयोगमा घाइतेको उद्धार तथा मृतकको शव संकलन गर्ने काम भइरहेको छ । सडकबाट झण्डै ३ सय मिटर तल खसेको भे १ ख ३१६७ नम्बरको बस क्षतविक्षत रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *