पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि ट्रेल रेस प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक । विश्वको नवौँ अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ । बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो ।

पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रवर्द्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । “यहाँ रहेका पर्यटकीय क्षेत्रको सम्भावना खोजी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यअनुरुप प्रतियोगिता राखेका छौँ”, उनले भने ।

यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए । यस वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पपर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पु¥याउने विश्वास रहेको अध्यक्ष लामाले बताए ।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो । पहिले प्रतियोगिता आयोजना गरे पनि गएको वर्ष कोभिडका कारण स्थगन गरिएको गाउँपालिकाले जनाएको छ । जनैपूर्णिमाका दिन लाग्ने पाँचपोखरी मेलाका अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो । प्रतियोगिता आगामी कात्तिक २७ गते सञ्चालन गरिनेछ ।

सो म्याराथनमा १५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ । सो म्याराथनमा सहभागी हुन चाहनेले दर्ता शुल्कवापत खुलातर्फ रु तीन हजार ५००, सिन्धुपाल्चोकवासीका लागि रु दुई हजार ५०० र विदेशीका लागि ८० डलर तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *