रियल म्याड्रिड र डर्टमण्डको विजयी शुरुवात

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बोरुसिया डर्टमण्डले विजयी शूरुवात गरेका छन् । गएराति भएको समूह ‘डी’को खेलमा म्याड्रिडले इन्टर मिलानलाई १-० गोलले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउन रोड्रिगोले एक गोल गरे । निर्धारित समयको एक मिनेट बाँकी रहेको अवस्थामा कामाभिन्गाको पासमा रोड्रिगोले गोल गर्दै म्याड्रिडलाई जित दिलाएका हुन् । जितसँगै म्याड्रिड ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । हिजै भएको समूहको अर्को खेलमा एफसी शेरिफले शाख्तर डोनेटस्कलाई २-० गोलले हरायो । शेरिफलाई जित दिलाउन एडामा ट्राओरे र मोमो यान्सानेले एक/एक गोल गरे ।

यस्तै हिजै राति छिटोगरि सम्पन्न भएको समूह ‘सी’को खेलमा डर्टमण्डले बेसिक्टासलाई २-१ गोलले पराजित गरेको हो । डर्टमण्डलाई जित दिलाउन जुडे बेलिंघाम र इर्लिंङ ब्राउट हालान्डले एक/एक गोल गरे । बेसिक्टासको लागि फ्रान्सिस्को मोन्टेरोले एक गोल फर्काए । जितसँगै डर्टमण्ड ३ अंकको साथ समूहको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *