काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको ६ वटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मंगलबार बेलुकी उज्वेकिस्तानविरुद्ध भएको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।
सन् २००६ को विश्वकपमा डेब्यु गरेका रोनाल्डोले २००६,२०१०, २०१४, २०१८, २०२२ र २०२६ मा भएको विश्वकपमा गोल गर्दै ६ वटा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी बनेका हुन् ।
यस्तै उनी विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी बनेका छन् । उनले ४१ वर्ष १ सय ३८ दिनमा गोल गरेका हुन् । पहिलो स्थानमा रहेका रोजर मिल्ला ४२ वर्ष ३९ दिनमा गोल गरेका थिए ।
यस्तै रोनाल्डो पोर्चुगलबाट फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले यसअघि इउसेबियोको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका हुन् ।
ताजा अवस्थामा उनले २४ खेल खेल्दै १० गोल गरेका छन् ।
