विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेस्सी, पछ्याउँदै एम्बाप्पे

काठमाडौं । अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । सोमबार राति अष्ट्रियाविरुद्ध भएको खेलमा दुई गोल गर्दै मेस्सीले उक्त कीर्तिमान बनाएका हुन् ।

त्यसक्रममा उनले जर्मनीमा मिरोस्लाव क्लोसको नाममा रहेको १२ वर्षको कीर्तिमान भंग गरेका हुन् । चारवटा विश्वकपमा सहभागिता जनाएका क्लोसले २४ खेलबाट १६ गोल गरेका थिए ।

मेस्सीले २८ खेलमा उक्त कीर्तिमान तोडेका हुन् । हाल मेस्सी २८ खेलमा १८ गोल गर्दै शीर्ष स्थानमा रहेका छन् । उनलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहेका छन् । एम्बाप्पेले १६ खेल खेल्दै १६ गोल गरेका छन् । उनले आज बिहान इराकविरुद्ध भएको खेलमा दुई गोल जर्दै क्लोससँग बराबरी गरेका हुन् ।

यस्तै हाल विश्वकप खेलिरहेका इंग्ल्याण्डका ह्यारी केनले १२ खेलबाट १० खेल गरेका छन् । उनलाई यस विश्वकपमा आफ्नो गोल सङ्ख्या बढाउने अवसर रहेको छ । यस्तै ब्राजिलका नेयमार र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको समान ८/८ गोल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *