USAID

ओलीलाई भुसालको जवाफः पार्टी एकता जोगाउन लागेबापत कारबाही हुन्छ भने परिणाम बेहोर्न तयार छु

  • 3.3K
    Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्टीकरणको जवाफ दिएका छन् । मंगलबार पार्टी अध्यक्ष ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेकोमा बिहीबार भुसालले त्यसको जवाफ दिएका हुन् ।

भुसालले पार्टी विभाजन भए नयाँ पिँढीले असाधारण मूल्य चुकाउनुपर्ने उल्लेख गरेका छन् । जवाफमा भुसालले लेखेका छन्, ‘आज पार्टीमा देखापरेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ । इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पिँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पिँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ।’


  • 3.3K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *