जोर्डनका राजकुमार हमजाले आफ्ने सौतेनी भाइ राजा अब्दुल्ला द्वितीयको बिरूद्ध षडयन्त्र रचेको आरोपबारे कडा प्रतिवाद गरेका छन् । उनले आफ्नो आन्दोलनलाई प्रतिबन्धित आदेशको पालना नगर्ने कुरामा जोड दिएका छन् ।
जोर्डन सरकारले हमजालाई ‘राज्यको सुरक्षालाई अस्थिर तुल्याउने’ देशद्रोहको षडयन्त्रमा संलग्न भएको आरोप लगाएको छ । हमजालाई नजरबन्दमा राखिएको छ भने उनको निकट मानिने कम्तिमा १६ जनालाई हिरासतमा लिएको छ । ४१ वर्षीय राजकुमार हमजाले आफूलाई अम्मान दरबार भित्र रहन आदेश गरिएको बताएका छन् ।
उनले आदेशलाई अप्रजातान्त्रिक भन्दै यसले आफ्नो आन्दोलनको स्वतन्त्रता सीमित गर्ने प्रयास भएको बताएका छन् । यसलाई अवज्ञा गर्ने प्रतिवद्धता उनले जनाए । उनले भने, “म तत्काल कुनै चाल चाल्न वा द्वन्द्वलाई वढावा गर्न चाहन्न तर पक्कै पनि मैले आज्ञापालन गर्ने छैन ।”
“उनीहरूले मलाई तपाईं बाहिर जान सक्नुहुन्न, ट्वीट गर्न सक्नुहुन्न, अन्य मानिससँग कुराकानी गर्न सक्नुहुन्न र केवल तपाईको परिवारसँग मात्र रहनसक्नुहुन्छ भनिएको छ,” हमाजले गरेको ट्वीटरमा पोस्ट गरिएको अडियो रेकर्डिंगमा भनेका छन् । राजपरिवार पूर्व राजकुमार हमजाको राजकुमारको उपाधि सन् २००० मा राजा अब्दुल्लाल खोसेका थिए । हमजाले राजपरिवारमा भ्रष्टाचार, कृपावाद, परिवारवाद र तानाशाही शासनले प्रश्रय पाएको आरोप लगाउँदै आएका छन् ।
