यस्तो छ ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणको जवाफ पठाएका छन् । मंगलबार नेता पाण्डेले स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

पाण्डेले ओलीलाई तपाईंले सोधेको स्पष्टीकरण जवाफ दिन लायक नभएको तर पार्टीको विधान पालनाका लागि मात्र पठाएको उल्लेख गरेका छन् । उनले ओली गुटले गरेको भनिएको निर्णयहरू पार्टी विधानविपरीत भएको पत्रमा जवाफ दिएका छन् । प

त्रमा भनिएको छ, ‘तपाईंले मलाई आरोपको रूपमा विभिन्न प्रश्नहरू तेस्र्याउनु भएको छ। प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरू सोझिएका छन्। तपाईंले मलाई ’प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप हाँस्यास्पद लाग्यो। किनकी ०७४ असोज १५ गते तपाईं एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँट गर्ने गोप्य सहमति गर्नु भयो । ०७५ जेठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाँड्ने प्रचण्डसँगको सहमति पनि गोप्य रूपमा तपाईंले नै गर्नु भएको थियो। अब तपाईं भन्नुस् प्रचण्डको मतियार तपाईं हो कि अरू कोही ?’

 

 

One thought on “यस्तो छ ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ

  1. हङकङमा अलिक खुशीको कुरो सुइमिङ पुल पब्लिक बिच आउदो बिहीबार बाट खुल्ला हुने कोभिड-19 अलिक कम प्रभावित देश बाट आएका भिजिटरहरुलाइ 21दिने क्वारेन्टाइन बाट14 दिन गरिने
    तर आउनेहरूले सुई लगाएको हुनुपर्ने
    UK र HKहवाई यातायात संचालन हुने तर माक्स चहि लाउदै गरौ,
    कोरोना संक्रमित हुन बाट बचौ,
    कुरो त्यति अहिले लाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *