यस्तो छ ओलीलाई भीम रावलको जवाफ(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले स्पष्टीकरणको जवाफी पत्र पठाउँदै अध्यक्ष केपी ओलीलाई विदेशीसामु लम्पसार परेको आरोप लगाएका छन् ।

बिहीबार १४ बुँदे जवाफ दिँदै रावलले अध्यक्ष ओलीलाई व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको आरोप लगाएका छन् ।

रावलले जवाफ दिँदै ओलीलाई भनेका छन्, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भइ कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ । यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनु आवश्यक छ । यसको विपरीत अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनैपनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भइ अमान्य छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *