म्याड्रिड डर्बीमा आज एथ्लेटिको र रियल भिड्दै

प्रज्जवल थापा । प्रतिष्ठित म्याड्रिड डर्बीमा आज एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड भिड्दै छन् । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेल नेपाली समय अनुसार राति ९ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा वन्डा मेट्रोपोलिटानोमा हुने खेल जित्दै एथ्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग अङ्क दुरि बढाउने योजनामा रहेको छ । हाल एथेलेटिको २४ खेलमा ५८ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । जुन दुई खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको भन्दा २ अङ्क बढी हो । एथ्लेटिकोले लिगको पछिल्लो ५ खेलमा २ जित, २ बराबर र १ हारको नतिजा निकालेको छ ।

यता रियल म्याड्रिडपनि आजको खेल जित्दै एथ्लेटिकोसँग अङ्क दुरि घटाउन चाहन्छ । रियल लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ । यस्तै रियलले एथ्लेटिकोविरुद्वको पछिल्लो तीन खेलमा सतप्रतिशत जितपनि निकालेको छ । महत्त्वपूर्ण खेलाडी करिम बेन्जिमा चोट मुक्त भएर टोलीमा फर्किएसँगै प्रशिक्षक जिदानलाई राहत मिलेको छ । हाल रियल २५ खेलमा ५३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।

दुई टोलीबिच भएको पछिल्लो ३९ भेटमा १९ खेल रियलले जितेको छ भने १० खेल एथ्लेटिकोले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *