काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पा नियुक्त भएका छन् ।
नेपाल बौद्ध महासंघका सल्लाहकार तथा पूर्वअध्यक्षसमेत रहेका शेर्पाको नियुक्तिप्रति महासंघले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
महासंघका महासचिव लोपोन पेमा दोर्जे तामाङले बिहीबार शुभकामना सन्देश जारी गर्दै शेर्पाको सफल कार्यकालको कामना गरेका हुन् ।
महासंघले बौद्धमार्गीहरूको पवित्र आस्थाको केन्द्र तथा विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक बौद्ध महाचैत्यको संरक्षण, संवद्र्धन र विकासमा शेर्पाको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
शेर्पाको नेतृत्वमा बौद्ध महाचैत्यको गरिमा अझ उच्च बनाउँदै बुद्धभूमि नेपालको मौलिक पहिचान, बौद्ध धर्म, शिक्षा, दर्शन तथा परम्परालाई विश्वसामु थप प्रवद्र्धन गर्न योगदान पुग्ने महासंघले जनाएको छ।

