जुम्लामा झारफुकको घटना: किशोरीमाथि अनुष्ठान गर्ने व्यक्ति पक्राउ

जुम्ला । झारफुक गरेर निको पार्ने भन्दै १४ वर्षीया किशोरीमाथि अनुष्ठान गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जुम्लामा एक जना पक्राउ परेका छन् ।

जिल्लाको गुठिचौर गाउँपालिका–१ निवासी करिब १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै भिडियोमा देखिएका सोही ठाउँका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *