टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरीलाई ४ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन कुशल भुर्तेलले अर्धसतक बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । यस्तै पवन सर्राफले नटआउट २९, मयान यादवले २१ र लोकेश बमले १२ रन बनाए ।

अष्ट्रेलियन टेरिटोरीको लागि जाक कोघले तीन र जित मेहताले दुई विकेट लिए ।

यसअघि अष्ट्रेलियाको म्यारारा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियन टेरिटोरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रनको योगफल बनाएको थियो । एसिटीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र एक छक्का हाने । त्यस्तै एन्स तिवारी र निक ब्रोएसले समान १९/१९ रन बनाए भने ज्याक स्मिथले १४ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, युवराज खत्रीले २ तथा पवन सर्राफ, शाहाब आलम र बिपिन खत्रीले समान एक एक विकेट लिए ।

जितसँगै नेपाल ४ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन अष्ट्रेलियन टेरिटोरी पुछारमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *