ला लिगामा बार्सिलोनाको शहज जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक/एक गोल गरे । ३० औं मिनेटमा मेस्सीको पासमा अल्बाले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । ८३ औं मिनेटमा मेस्सीकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोरिबाले गोल गर्दै बार्सिलोनालाई २-० गोलको शहज जित दिलाए ।

जितसँगै बार्सिलोना २६ खेलमा ५६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *