सिरि ए मा आज युभेन्टस र स्पेजिया भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टस र स्पेजिया भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस शिर्ष स्थानको इन्टर मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस २३ खेलमा ४६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टर मिलानको भन्दा १० अङ्क कम हो । युभेन्टसले सबै प्रतियोगितामा गरि पछिल्लो ५ खेल मध्य मात्र एक खेलमा मात्र जित निकाल्न सकेको छ ।

यता स्पेजियापनि आजको खेलमा नतिजा आफ्नो पोल्टामा पार्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल स्पेजिया २४ खेलमा २५ अङ्क जोड्दै लिगको १४ औं स्थानमा छ । स्पेजियाले लिगको पछिल्लो ५ खेलमा दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको थियो । दुई टोलीबिच भएको पछिल्लो खेलमा युभेन्टस ४-१ गोलले विजय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *