युभेन्टस बराबरीमा रोकियो

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्टस हेल्लास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

युभन्टसको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा भेरोनाको लागि एन्टोन बाराकले गोल गरे । खेलको ४९ औं मिनेटमा फेड्रिको चिएसाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । ७७ औं मिनेटमा लाजोभिकको पासमा बाराकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै युभेन्टसले शिर्ष स्थानको इन्टर मिलानसँग अङ्कदुरी घटाउने मौका चुकाएको छ । हाल युभेन्टस २३ खेलमा ४६ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *