प्रिमियर लिगमा आज चार खेल हुँदै

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज चार खेल हुँदैछ । पहिलो खेलमा लिग लिडर म्यान्चेस्टर सिटीले वेष्टहामको सामना गर्नेछ । इतिहाद रङ्गशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै सिटी उपाधी होडमा थप बलियो बन्न चाहन्छ । सिटी दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी युनाइटेड भन्दा १० अङ्कले अगाडि छ । यस्तै पछिल्लो खेलमा टोटेन्हामलाई पराजित गरेको वेष्टहाम आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिनेछ । हाल वेष्टहाम २५ खेलमा ४५ अङ्क जोड्दै चौथो स्थानमा छ ।

आज हुने अन्य खेलहरु
वेष्टब्रोम विरुद्व ब्रिगटन (राति ८:४५ बजे)
लिड्स युनाइटेड विरुद्व एस्टन भिल्ला (राति ११:१५ बजे)
न्युकेस्चल युनाइटेड विरुद्व वोल्भ्स (राति १:४५ बजे}

Leave a Reply

Your email address will not be published. Required fields are marked *