सिरी ए मा हेल्लास भेरोना र युभेन्टस भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरी ए मा आज साविक विजेता युभेन्टस र हेल्लास भेरोना भिड्दै छन् । स्टेडियो एमए बेन्टेगोडीमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा भेरोना जित निकाल्न चाहन्छ । भेरोना हाल २३ खेलमा ३४ अङ्क जोड्दै लिगको नवौं स्थानमा रहेको छ । भेरोनाले लिगको पछिल्लो ५ खेलमा दुई हार, एक बराबरी र दुई जित निकालेको छ ।

यस्तै युभेन्टसपनि आजको खेलमा जित निकाल्दै शिर्ष स्थानमा रहेको इन्टर मिलनसँग अङ्क दुरी घटाउन चाहन्छ । हाल युभेन्टस २२ खेलमा ४५ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टर मिलानको भन्दा ८ अङ्क कम हो । हेल्लास भेरोना र युभेन्टसबिच भएको पछिल्लो १२ भेटमा ७ खेल युभेन्टसले जितेको छ भने २ खेल भेरोनाले आफ्नो पोल्टामा पारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *