पहिलो लेगमा चेल्सीलाई अग्रता

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको अन्तिम १६ को पहिलो लेगमा इङलिस क्लब चेल्सीले अग्रता लिएको छ । मंगलबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभिएर जिरोउडले सुन्दर गोल गरे । खेलको ६८ औं मिनेटमा जिरोउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । डिफेन्सिफ गेम खेलेको म्याड्रिडले चेल्सीको पोस्टमा एउटा गतिलो प्रहार गर्न सकेन । जितसँगै चेल्सीलाई अवे गोलको फाइदा रहेको छ । अब एथ्लेटिको म्याड्रिडलाई क्वाटरफाइनल प्रवेश गर्नको लागि स्पष्ट जितको आवश्यकता रहनेछ ।

अब एथ्लेटिकोले मार्च १७ मा चेल्सीको घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *