च्याम्पियन लिग: एथ्लेटिको म्याड्रिड र चेल्सी भिड्दै

  • 1
    Share

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत हुने अन्तिमा १६ को पहिलो लेगमा आज स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र इङ्लिस क्लब चेल्सी भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा एथ्लेटिको म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्किने दाउमा रहेको छ । पछिल्लो दुई खेलमा एथ्लेटिको लेभान्टेसँग एक हार र बराबरीमा रोकिएको थियो । घरेलु लिगमा शिर्ष स्थानमा रहेको एथ्लेटिको च्याम्पियन्स लिगमापनि शानदार लयलाई निरन्तरता दिन चाहन्छ ।

पछिल्लो ५ खेलमा अपराजित रहेको चेल्सी आजको खेलमापनि सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । घरेलु लिगमा साउथह्याप्टनसँग बराबरीमा रोकिएको चेल्सी आजको खेलमा जित निकाल्दै दोस्रो लेगमा एथ्लेटिको म्याड्रिडलाई घरेलु मैदानमा निम्त्याउन चाहन्छ ।

यस्तै आजै हुने अर्को खेलमा लाजियोले बार्यन म्युनिखको सामना गर्नेछ । स्टेडियो ओलम्पिकोमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *