रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज

  • 897
    Shares

प्रज्जवल थापा । स्टार फर्वार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले सिरि ए मा सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोटोनेलाई ३-० गोलले पराजित गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई र वेस्टोन मिकेन्नेले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टस शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा एरोन राम्सेको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६६ औं मिनेटमा वेस्टोन मिकेन्नेले गोल गर्दै युभेन्टसलाई ३-० गोलको सहज जित दिलाए । जितसँगै युभेन्टस २२ खेलमा ४५ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अङ्क रहेको छ ।


  • 897
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *