फिफा वरियतामा नेपाल यथावत

प्रज्जवल थापा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको फेब्रुअरी महिनाको नयाँ वरियतामा नेपाल १७१ औं स्थानमा यथावत रहेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको हो ।

दक्षिण एसियायी राष्ट्रको वरियतामा भारत शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४ औं स्थानमा रहेको छ भने माल्दिभस १५५ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश १८६ औं स्थानमा यथावत रहेको छ र दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

भुटान १८९ औं स्थानमा छ र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यसैगरी २००औं स्थानमा रहेको पाकिस्तान र २०६ औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ भने क्रमशः छैटों र सातों स्थानमा छ । फिफा वरियताको शीर्ष ६ स्थानमा भने कुनै परिवर्तन भएको छैन । बेल्जियाम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *