प्रज्जवल थापा । इङलिस क्लब म्यान्चेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायम गरेको छ । गएराती भएको खेलमा सिटीले एभर्टनलाई २-१ गोलले पराजित गरेको हो ।
गोड्डिसन पार्कमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महारेज, बेर्नार्डो सिल्भाले एक/एक गोल गरे । एभर्टनको लागि रिचार्लिसनले एक गोल गरे । खेलको ३२ औं मिनेटमा फोडेनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । ३७ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

६३ औं मिनेटमा बेर्नार्डो सिल्भाको पासमा महारेजले गोल गर्दै सिटीलाई फेरी अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा जेससको पासमा सिल्भाले गोल गर्दै सिटीलाई ३-१ गोलको जित दिलाए ।
जितसँगै सिटी २४ खेलमा ५६ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । पराजित एभर्टन २३ खेलमा ३७ अङ्क जोड्दै सातौं स्थानमा रहेको छ ।
