महिला लिगमा आज एपिएफ र पुलिस भिड्दै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे शुरु हुनेछ ।

लिगमा अपराजित रहेको एपिएफ आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । एपिएफविरुद्व कुनैपनि टोलीले गोल गर्न सकेका छैनन् । एपिएफ ९ खेलमा सतप्रतिशत जित निकाल्दै २७ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ ।

यता पुलिसपनि आजको खेल जित्दै तेस्रो स्थानमा उक्लिन चाहन्छ । हाल पुलिस ९ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका भिड्दै छन् । एन्फा कम्प्लेक्समै हुने खेल ३ बजे शुरु हुनेछ ।

तस्बिर:- खेलपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *