रियल म्याड्रिडको सहज जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा क्रुसको पासमा करिम बेन्जिमाले सुन्दर गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । यस्तै ४२ औं मिनेटमा लुकासको पासमा क्रुसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड २३ खेलमा ४९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया २३ खेलमा २४ अङ्क जोड्दै लिगको १२ औं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *