आल्भेसमाथि बार्सिलोनाको शानदार जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा क्याल्टन क्लब बार्सिलोनाले शानदार जित निकालेको छ । गएराति भएको खेलमा बर्सिलोनाले डिपोर्टिभो आल्भेसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र ट्रिनेकोले दुई/दुई गोल गर्दा जुनियर फ्रिपोले एक गोल थपे । २९ औं मिनेटमा मोर्बिनाको पासमा ट्रिनेकोले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा बुस्केटको पासमा कप्तान मेस्सीले गोल गर्दै घरेलु टोलिको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । ५७ औं मिनेटमा लुईस रोजाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७४ औं मिनेटमा मेस्सीको पासमा ट्रिनेकोले व्यक्तिगत दोस्रो गोल गर्दै क्याल्टन क्लबलाई ३-१ गोलको अग्रता दिलाए । ७५ औं मिनेटमा ग्रिजमनको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना फराकिलो जित तर्फ अगाडि बढेको थियो ।

८० औं मिनेटमा ग्रिजमनकै पासमा फ्रिपोले गोल गर्दै बार्सिलोनालाई ५-१ गोलको शानदार जित दिलाए । जितसँगै बार्सिलोना २२ खेलमा ४६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *