प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा एट्लेटिको म्याड्रिडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा एट्लेटिकोले ग्रानाडालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन मार्कोस लोरेन्टे र एन्जल कोरेराले एक/एक गोल गरे । खेलको ६३ औं मिनेटमा कोकेको पासमा लोरेन्टेले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए ।
त्यसको तीन मिनेट बित्न नपाउदै एन्जल हेरेराले गोल गर्दै ग्रानाडालाई बराबरीमा ल्याए । यस्तै ७४ औं मिनेटमा लोरेन्टेको पासमा कोरेराले गोल गर्दै एट्लेटिको म्याड्रिडलाई २-१ गोलको सङ्घर्षपूर्ण जित दिलाए ।
जितसंगै एट्लेटिको म्याड्रिड २१ खेलमा ५४ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत रहेको छ ।
