बाल विवाह गर्ने गराउने ४ जना पक्राउ

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नम्बर १४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका ३ बस्ने बेहुला बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने रामेश्वर शर्मा र बेहुलीकी आमा रहेका छन् । सो ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *