काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा ल्याइएको १ किलो ३३८ ग्राम लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुकाबारेमा थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
