रवि लामिछानेलाई हर्क साम्पाङको प्रश्नः पार्टी बचाउने कि देश ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी बचाउने कि देश भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेलाई खुला सुझाव दिँदै साम्पाङले रास्वपा नेतृत्वको सरकारमाथि विधि मिचेको आरोप लगाएका छन्।
उनले सरकारमाथि बिचौलिया प्रकरण, पत्रकार पक्राउ प्रकरण र दुई जना प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी विवाद जोडिएको उल्लेख गर्दै पार्टी सभापतिका रूपमा लामिछानेले आवश्यक कदम चाल्न नसकेको टिप्पणी गरेका छन्।

लामिछानेको निष्क्रियताका कारण रास्वपाप्रति जनविश्वास कमजोर हुँदै जाने चेतावनी दिँदै साम्पाङले पार्टी जोगाउन तत्कालै एक्सन लिन आग्रह गरेका छन्।

उनले भनेका छन्, रविजी पार्टी बचाउने कि देश ? तपाईँको पार्टीको प्रधानमन्त्रीले पहिले दिनदेखि विधिलाई मिच्दै आएका छन् । अब हुँदा हुँदा बिचौलिया प्रकरण, पत्रकार पक्राउ प्रकरण र दुईटा आईजीपी प्रकरण… यी सारा कुरा सहेर बस्ने तपाईँको निरिहताले तपाईँको पार्टीलाई अब जनताले पत्याउँदैनन् । अलि अलि पार्टी जोगाउने हो भने छिटो एक्सन लिनुस् । केही कुहिँदै गरेको पाटोलाई काटेर फालेर पूरै कुहिनु नदिन केही गर्नुपर्छ तपाईँले तल्काल । मेरो यो खुल्ला सुझावलाई कसैले अन्यथा नलिनु होला !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *