पूजा र सम्मानसहित मनाइयो कुकुर तिहार

काठमाडौं । तिहारको अवसरमा आइतबार कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित भैरव बहान गणमा तालिम प्राप्त कुकुरहरूबाट विभिन्न कला प्रदर्शन गरिएको छ।

त्यसैगरी, नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्ज, काठमाडौंले कुकुर पूजा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तालिम प्राप्त कुकुरलाई पूजा गरी खानेकुरा खुवाएका थिए।

हिन्दू धर्म र संस्कृतिमा कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा मानिन्छ। कुकुर तिहारमा कुकुरलाई टीका, माला लगाएर मीठा खानेकुरा खुवाउँदै पूजा गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *