चेल्सीलाई वोल्भसको चुनौती

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज चेल्सीलाई वोल्भसले चुनौती पेश गर्दै छ । मोलिनेक्स रंगशालामा हुने खेल नेपाली समय अनुसार राती ११:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा चेल्सीको अतिथ्य गर्दा वोल्भसले सकारात्मक नतिजाको अपेक्षा राख्नेछ । वोल्भसले घरेलु लिगमा आफ्नो लय समात्न सकेको छैन । वोल्भसले लिगको पछिल्लो ५ खेलमा १ मात्र जित निकाल्दै ३ खेलमा पराजित भएको छ । हाल वोल्भस १२ खेलमा १७ अङ्क जोड्दै लिगको १३ औँ स्थानमा छ । आजको खेल जितेको खण्डमा वोल्भस शिर्ष १० मा पर्नेछ ।

यता चेल्सीले पनि लिगको शुरूवातमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनी हाल आफ्नो लय भेट्याएको छ । तर आइतबार भएको खेलमा चेल्सी एभर्टनसँग स्तब्ध भएको थियो । चेल्सीले लिगको पछिल्लो ५ खेलमा ३ जित दर्ता गरेको थियो । हाल चेल्सी १२ खेलमा २२ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ । आजको खेल जितेको खण्डमा चेल्सी शिर्ष स्थानमा उक्लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *