प्रज्जवल थापा । फ्रान्स फूटबलले बेलोन डि’ओर ड्रिम टिमको घोषणा गरेको छ । कोरोना महामारीको कारण २०२० को बेलोन डि’ओर रद्द गरेपछि फ्रान्स फूटबलले ११ सदस्यीय ड्रिम टिम घोषणा गर्ने निधो गरेको हो ।
सन् १९५६ देखि फ्रान्स फूटबलले हरेक वर्षको उत्कृष्ट पुरुष खेलाडीलाई बेलोन डि’ओर दिँदै आएको थियो । तर सन् २०१८ देखि उत्कृष्ट महिला खेलाडीलाई पनि बेलोन डि’ओर दिन शुरु गरेको थियो । यस्तै उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी र उत्कृष्ट गोलरक्षकलाई दिइने याचिने ट्रफी यस वर्षको लागि रद्द गर्दै ड्रिम टिम घोषणा गरेको हो ।
फ्रान्स फूटबलले यसअघि हरेक स्थानको लागि मनोनयन सार्वजनिक गरेको थियो । त्यही मनोनयनबाट विश्वभरका १४० खेलकुद पत्रकारको भोटको आधारमा फ्रान्स फूटबलले ड्रिम टिम सार्वजानिक गरेको हो ।
फ्रान्स फूटबलले घोषणा गरेको पहिको ड्रिम टिममा अटाएका खेलाडीको नाम यस प्रकारको छ ।
गोलरक्षक:- लेभ याचिने
डिफेन्डर:- काफु, फ्रान्ज बेचेन्बाउएर, पाओलो माल्डिनी
मिडफिल्डर:- लोथार मत्थेउस, जाभी हेर्नन्डेज, पेले , डिएगो म्याराडोना
फर्वार्ड:- क्रिस्टियानो रोनाल्डो, रोनाल्डो, लियोनल मेस्सी

ड्रिम टिममा परेका खेलाडी मध्य क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी मात्र हालपनि व्यवसायिक फूटबल खेलिराखेका छन् ।
यस्तै फ्राम्स फूटबलले दोस्रो र तेस्रो टिमपनि सार्वजानिक गरेको छ ।
दोस्रो टिम:-

तेस्रो टिम:-

तस्बिर:- फ्रान्स फूटबल
– एजेन्सी
