टि-२० विश्वकप २०२२ को लागि नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने

प्रज्जवल थापा । नेपाली क्रिकेट टोलीले सन् २०२२ मा अस्ट्रेलियामा हुने टि-२० विश्वकको लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने भएको छ ।

टि-२० वरियताको आधारमा नेपालले सिधैं ग्लोबल क्वालिफायर खेल्न पाएको हो । नेपालसँगै जिम्बाबे, युनाइटेड अरब इमिरेट्स (युएई) ले सिधै ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन् । ग्लोबल क्वालिफायरमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

सन् २०२१ मा भारतमा हुने विश्वकपको पुछारको चार स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा आउनेछ्न् । यस्तै जिम्बाबे नेपाल, युएई र सिंगापुरसहित रिजन्ल क्वालिफायरबाट आउने ८ टिम सहित कुल १६ टोलीबिच ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ ।

१६ टोलीलाई दुई समुहमा विभाजन गरिनेछ भने दुवै समुहको शिर्ष दुई स्थानमा रहने टोली विश्वकप २०२२ को लागि छनोट हुनेछछन् । क्वालिफायर फेब्रुअरी र मे २०२२ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *