२१ औँ शताब्दीमा ४ सय खेल जित्ने रोनाल्डो पहिलो खेलाडी

प्रज्जवल थापा । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा ४ सय खेल जित्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति भएको खेलमा रोनाल्डोको टोली युभेन्टसले जिनोआलाई हराएपछी रोनाल्डो यो कोसेढुङ्गा पूरा गरेका हुन् ।

पोर्चुगिज स्ट्राइकर रोनाल्डोले युभेन्टसको जितमा दुई गोल गरेका थिए । दुवै गोल रोनाल्डोले पेनाल्टीमा गरेका थिए । यस्तै जिनोआविरुद्ध खेल्दै रोनल्डोले युभेन्टसबाट १ सय खेल पूरा गरे । उनले युभेन्टसको लागि ७९ गोलपनि गरिसकेका छन् ।

पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट व्यवसायिक खेल जीवन शुरु गरेका रोनाल्डो सन् २००३ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँग आबद्ध भएका थिए । त्यसपछि स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका रोनाल्डो ९ वर्षिय सफल कार्यकालपछि सन् २०१८ मा युभेन्टस पुगेका थिए ।

यसअघि युरोपको शिर्ष ५ लिगमा २१ औँ शताब्दीमा ४ सय खेल कुनैपनी खेलाडीले जितेका थिएनन् । रोनाल्डोका प्रतिद्वन्दी लियोनल मेस्सीले ३६५ खेल जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *