प्रज्जवल थापा । इङलिस प्रिमियर लिगका शिर्ष दुई टोली टोटेन्हाम र लिभरपुल बराबरीमा रोकिएका छ । आइतबार राती भएको आ-आफ्नो खेलमा दुवै टोलीले बराबरी खेलेका हुन् ।
लिगको शिर्ष स्थानमा रहेको टोटेन्हाम क्रिस्चल प्यालेससँग १-१ गोलको बराबरी खेलेको हो । २३ औँ मिनेटमा ह्युङ मीन सनको पासमा ह्यारी केनले गोल गर्दै टोटेन्हामलाई अग्रता दिलाएका थिए । ८१ औँ मिनेटमा जेफ्री स्चलुपले गोल गर्दै प्यालेसलाई बराबरीमा ल्याए । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा साकिएको हो ।

यता दोस्रो स्थानमा रहेको लिभरपुलपनि फुल्हामसँग १-१ गोलको बराबरी खेल्दै शिर्ष स्थानमा उक्लिने मौका गुमायो । खेलको २५ औँ मिनेटमा एडेमोला लुकमेनको पासमा बोबि रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर ७९ औँ मिनेटमा मोहमेद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै दुवै टोलीले १/१ अङ्क बाढेका छन् ।
बराबरीका बाबजुद टोटेन्हाम १२ खेलमा २५ अङ्क जोड्दै शिर्ष स्थानमा छ भने लिभरपुल समान अङ्कको साथ दोस्रो स्थानमा यथावत छ ।
