USAID

समुहचरणबाटै बाहिरियो म्यान्चेस्टर युनाइटेड

प्रज्जवल थापा । इङलिस क्लब म्यान्चेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिगको समुहचरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा आरबी लिपजिकसँग ३-२ ले पराजित भएसँगै युनाइटेड नकआउट चरण पुग्न असफल भएको हो ।

रेडबुल एरिनामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एन्जेलिनो, एमाडोउ हाइडारा र जस्टिन क्लुभर्टले गोल गरे । युनाइटेडको लागि ब्रुनो फेर्नान्डेज र पाउल पोग्वाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको दोस्रो मिनेटमै एन्जेलिनोले गोल गर्दै लिपजिकलाई खेलमा अगाडि बढाएका थिए । खेलको १३ औँ मिनेटमा एन्जेलिनोको पासमा एमाडोउ हाइडाराले गोल गर्दै लिपजिकको अग्रता दोब्बर बनाए ।

यस्तै खेलको ६९ औँ मिनेटमा हाइडाराको पासमा जस्टिन क्लुभर्टले गोल गर्दै लिपजिकलाई ३-० गोलको अग्रता दिलाए । ८० औँ मिनेटमा ब्रुनो फेर्नान्डेजले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३-१ को स्थितिमा ल्याएका थिए । ८२ औँ मिनेटमा पाउल पोग्वाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा लिपजिग ३-२ गोल अन्तरले विजयी भयो ।

जितसँगै लिपजिकले नकआउट चरणमा प्रवेश गरेको छ । हाल लिपजिक ६ खेलमा १२ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको पिएसजी ९ अङ्कको साथ दोस्रो स्थानमा रहँदा म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहँदै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *