काठमाडौं । एसीसी प्रिमियर कपको तयारीको लागि भारत भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा जित हासिल गरेको छ । मंगलबार दिउँसो भएको पहिलो अभ्यास खेलमा नेपालले कर्नाटाकालाई १ सय १६ रनले पराजित गरेको हो ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको कर्नाटाकाले २८ ओभरमा अलआउट हुँदै ७२ रनमात्र बनाउन सक्यो । कर्नाटाकाको लागि शरथ सृनिभास र रेभान्थ बैरीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि करण केसी, ललित राजवंशी, शेर मल्ल र बासिर अहमदले समान दुई/दुई विकेट लिँदा हेमन्त धामी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिनगमा उत्रिएको नेपालले ४५ ओभरमा १ सय ८८ रन बनाएको थियो । नेपालको लागि आसिफ शेखले ४९, इशान पाण्डेले ३४, सन्दीप जोरा र देव खनालले २७/२७, बासिर अहमदले १९ र गुलसन झाले ११ रन बनाए ।
