धनुषा । नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।
नापी कार्यालय धनुषाले लामो समयदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै ३१० परिवारलाई लालपुर्जा वितरण गरेको हो।
साबिक मिथलेश्वर महुवाही वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि अहिले स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।
