USAID

लिभरपुल र एफसी मिद्त्जील्यान्ड भिड्दै


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज हुने खेलमा लिभरपुल र एफसी मिद्त्जील्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार राती ११:४० बजे शुरु हुनेछ ।

लिभरपुल गत हप्ता आयाक्सलाई हराउँदै नकआउट चरणमा प्रवेश गरिसकेको छ । आजको खेलमा पराजित भएपनी लिभरलुल शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसैले आजको खेलमा प्रशिक्षक क्लोपले शुरुवाती ११ मा धेरै परिवर्तन गर्न सक्ने सम्भावना छ ।

यता मिद्त्जील्यान्ड समूह चरणबाटै बाहिरिसकेको छ । गत हप्ता एटलान्टासँग बराबरी खेल्दै प्रतियोगितामा पहिलो अङ्क जोडेको एफसी मिद्त्जील्यान्डको लागि आजको खेल अन्तिम खेल हुनेछ । दुई टोली पहिलो पटक एन्फिल्डमा भिड्दा लिभरपुुल २-० गोलले विजयी भएको थियो ।

समुहको अर्को खेलमा आयाक्सले एटलान्टाको सामना गर्नेछ । एटलान्टा र आयाक्स अङ्क तालिकाको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेल जित्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ भने पराजित टोली युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *