टोटेन्हामद्वारा आर्सनल पराजित

प्रज्जवल थापा । फर्वार्डद्वय ह्युङ मिन सन र ह्यारी केनले उत्कृष्ट फर्मलाई निरन्तरता दिँदा प्रिमियर लिगमा टोटेन्हामले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटेन्हामले आर्सनललाई २-० गोल अन्तरले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।

टोटेन्हाम हट्सपर रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन ह्युङ मीन सन र ह्यारी केनले एक-एक गोल गरे । खेलको १३ औँ मिनेटमा ह्यारी केनको पासमा ह्युङ मीन सनले डि-बक्स बाहिरबाट सानदार गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा सनको पासमा ह्यारी केनले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए ।

आर्सनलले बल पोजिसन आफ्नो पकडमा राखेपनी गोल गर्न भने सकेन । आर्सनलको केहि राम्रा प्रहारहरुमा टोटेन्हामका गोलरक्षक ह्युगो लोरिस बाधक बनेका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा टोटेन्हाम विजयी भएको हो ।

जितसँगै टोटेन्हाम ११ खेलमा २४ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पराजित आर्सनल ११ खेलमा १३ अङ्क जोड्दै १५ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *