USAID

सिरि ए मा युभेन्टस र टोरिनो भिड्दै

  • 675
    Shares

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टस र टोरिनो भिड्दै छन् । एल्लिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार राती १०:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस शिर्ष स्थानमा रहेको एसी मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस मिलान भन्दा ६ अङ्कले पछि छ । घरेलु लिग अन्तर्गत पछिल्लो ५ खेलमा अपराजित रहेको युभेन्टस ९ खेलमा १७ अङ्क जोड्दै चौथो स्थानमा छ । गत शनिबार बेनेभेन्टो विरुद्धको खेलमा युभेन्टस बराबरीमा रोकिएको थियो । बेनेभेन्टोविरुद्धको खेलमा विश्राम पाएका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आजको खेलमा पुनरागमन गर्नेछन् तर पछिल्लो खेलमा रातो कार्ड पाएका कारण फर्वार्ड अल्भारो मोराटा उपस्थित हुनेछैनन् । उनको स्थानमा पाउलो डबेलाले फर्वार्ड लाइनमा शुरुवात गर्ने सम्भावना छ ।

यता टोरिनोले लिगमा खराब शुरुवातलाई निरन्तरता दिएको छ । गत सोमबार भएको खेलमा साम्पडोरियासँग बराबरीमा रोकिएको टोरिनोले लिगको पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन । त्यसैले आजको खेलमा युभेन्टससँग सकारात्मक नतिजाको अपेक्षामा छ । हाल टोरिनो ९ खेलमा ६ अङ्क जोड्दै लिगको १८ औँ स्थानमा छ । युभेन्टस विरुद्ध टोरिनोले पछिल्लो २८ भेटमा एक खेलमा मात्र जित निकाल्न सकेको छ । युभेन्टसले २१ खेल आफ्नो पोल्टामा पारेको छ ।


  • 675
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *